समाचार विमलेन्द्र निधि र राजेन्द्र महतोबिच कडा प्रतिस्पर्धा, महतो १३ मतले अघि
Ujyaalo

जनकपुर, मंसिर २२ – धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपा नेपालबिच कडा प्रतिस्पर्धा देखिएको छ । जनकपुरमा रहेको महेन्द्रनारायण निधि प्रतिष्ठानमा चलिरहेको मतगणनाको प्रारम्भिक विवरण अनसार राजपाका उम्मेदवार राजेन्द्र महतो १३ मतले मात्र अघि हुनुहुन्छ ।

महतोले ५ सय ८४ मत ल्याउनु भएको छ । निधिले भने ५ सय ७१ मत ल्याउनु भएको छ । मतगणना भइरहेको ठाउँलाई ताराजालीले घेरेर राखिएको छ । मतगणनामा संलग्न कर्मचारी तार जालीले ढाकिएको ठाउँ भित्र बसेर मतगणना गरिरहँदा दलका प्रतिनिधि भने तारजाली बाहिरबसेर मत टिपिरहेका छन् ।

Share It

Post Comments
थप समाचार