समाचार गोलाप्रथाबाट मतदान अधिकृत छनौट
Ujyaalo

धनकुटा, मंसिर ७ – मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने चुनावमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको गोलाप्रथाबाट छनौट गरेको छ ।

गोलाप्रथाबाट धनकुटाका एकसय १७ मतदान स्थलको एकसय ५३ मतदान केन्द्रमा खटिने तीनसय ६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतको टुंगो लगाइएको हो ।

चुनावका समयमा खटिने कर्मचारीबाट सुगम र दुर्गम स्थानमा खटाइएको भनेर आउने अनावश्यक दवाव न्यूनिकरण गर्न तथा राजनीतिक आस्थाका आधारमा प्रभाव नपरोस् भन्ने उदेश्यले गोलाप्रथाबाट कर्मचारी परिचालनको तयारी गरेको धनकुटाका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार