समाचार खसेको भन्दा सय मत धेरै भएको भन्दै सिरहामा मतगणना रोकियो
Ujyaalo

सिरहा, मंसिर २२ – सिरहामा मतगणना रोकिएको छ । चार वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा क्षेत्र रहेको सिरहाको ३ नम्बर क्षेत्रको मतगणना सुरु भएको दुई घण्टा पनि नपुग्दै रोकिएको हो ।

३ नम्बरको मतपेटिकामा खसेको भन्दा एक सय भन्दा धेरै भेटिएको भन्दै विवाद भएपछि गणना रोकिएको हो । सिरहाका अन्य क्षेत्रको भने मतगणना अझै सुरु भएको छैन । अझै सबै दलका प्रतिनिधि आइनसकेकाले मतगणना सुरु हुन नसकेको हो ।

 

Share It

Post Comments
थप समाचार