डा केशवमान शाक्य

डा केशवमान शाक्य

नेपाः राष्ट्रिय पार्टी

निर्वाचन क्षेत्र: काठमाडौं-९

सेयर गर्नुहोस

Total Hits: 1.1 K

काठमाडौंको लगनमा २००८ साल कात्तिक १५ गते जन्मेका डा केशवमान शाक्य नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष हुनुहुन्छ। बुबा आशाकाजी शाक्य र आमा पूर्णमाया शाक्यका छोरा डा शाक्यले अमेरिकाको भर्जिनिया पोलिटेक्निक ईन्ष्टिच्यूट एण्ड स्टेट यूनिभर्सिटी, अमेरिकाबाट फरेष्ट म्यानेजमेण्ट इकोनोमिक्समा सन् १९८७ मा विद्यावारिधी गर्नुभएको हो।

भू तथा जलाधार संरक्षण विभागमा उपसचिव समेत भइसकेका डा. शाक्य लुम्बिनी बिकास कोषका उपाध्यक्ष पनि रहिसक्नुभएको छ। डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा वातावरण, विज्ञान तथा प्रविधी मन्त्रालय सम्हालेका डा. शाक्य केही समय नेकपा एमालेमा आवद्ध हुनुहुन्थ्यो। नेवार समुदायको राजनैतिक अधिकार स्थापित गर्ने उद्देश्यले नेपाः राष्ट्रिय पार्टीको स्थापना गरि सक्रिय राजनीतिमा लागेका शाक्य पार्टीका संस्थापक अध्यक्ष हुनुहुन्छ।

जनजाती महासंघका संस्थापक सचिव रहेका शाक्य नेवारको राष्ट्रिय संगठन नेवाः देय् दबूका संस्थापक महासचिव पनि हुनुहुन्छ।

नेपालमा क्रियाशील बेलायती, जर्मन, स्वीस र नेदरल्याण्डस्‌का अन्तर्राष्ट्रिय सहयोग निकायहरूको विभिन्न परियोजनामा प्रमुख भइ काम गरिसकेका डा. शाक्य ग्रामीण तथा सामाजिक विकास र स्थानिय स्वशासनको क्षेत्रमा दख्खल राख्नुहुन्छ।

साहित्यमा पनि निक्कै रूचि राख्नेल शाक्यलाई नेपालभाषाको साहित्य क्षेत्रमा एक सशक्त कविका रूपमा लिइन्छ। कविता, कथा, अनुवाद सहित्यमा कलम चलाएका शाक्यले नेपालभाषाको महत्वपूर्ण पुरस्कार श्रेष्ठ सिरपा पनि पाईसक्नु भएको छ । 

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज