अनन्त प्रसाद पौडेल

अनन्त प्रसाद पौडेल

नेकपा एमाले

निर्वाचन क्षेत्र: मकवानपुर-३ (14268 मत प्राप्त गरी विजयी)

सेयर गर्नुहोस

Total Hits: 2.0 K

अनन्तप्रसाद पौडेलको जन्म २०१९ साल साउन १३ गते मकवानपुर जिल्लाको भीमफेदी गाविस वडा नं ४ मा भएको हो । उहाँका बुवाको नाम डिल्लीनाथ पौडेल र आमाको नाम हरीप्रियादेवी पौडेल हो । उहाँले स्नातक गर्नुभएको छ ।

पौडेलले २०३६ सालको विद्यार्थी आन्दोलनमा अनेरास्ववियुको तर्फबाट सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । २०३८ सालमा अनेरास्ववियु मकवानपुरका सचिव, २०४० सालमा जिल्ला अध्यक्ष भएका पौडेल २०४७ सालमा हेटौंडा नगर कमिटीको सचिव हुनुभयो ।

२०४४ सालमा जिल्ला कमिटी सदस्य, २०५४ सालमा जिल्ला विकास समिति सदस्य भएका पौडेल २०५४ सालमा नै नेकपा एमाले नारायणी अञ्चल कार्यालय सचिव हुनुभयो ।

२०५४ देखि २०५९ नेकपा एमालेका जिल्ला सचिव रहेका पौडेल हाल नेकपा एमाले नारायणी अञ्चल सचिव हुनुहुन्छ ।

 

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज