नरेश ताम्राकार

नरेश ताम्राकार

संघीय समाजवादी पार्टी, नेपाल

निर्वाचन क्षेत्र: काठमाडौं-१

सेयर गर्नुहोस

Total Hits: 907

बुबा काजीलाल ताम्राकार र आमा भीमलक्ष्मी ताम्राकारका छोरा नरेश ताम्राकारको जन्म बिसं २०१६ भदौ ५ गते भोजपुरको टक्सारमा भएको हो । उहाँले अर्थशास्त्रमा स्नातक गर्नुभएको छ। २०२७/२८ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय ताम्राकार आदिवासी जनजाती आन्दोलनमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

लामो समय नेपाली कांग्रेसमा सक्रिय रहेका ताम्राकार पछिल्लो समय भाषिक र जनजाती आन्दोलनमा केन्द्रीत हुनुहुन्छ । उहाँ २०३६ सालको जनमत संग्रहका समयमा कांग्रेस र कम्यूनिष्टहरूको बहुदल प्रचार समितिका सचिव  हुनुहुन्थ्यो ।

२०४६ सालको जनआन्दोलनमा भोजपुरमा सक्रिय ताम्राकार २०६२/६३ सालको दोस्रो जनआन्दोलनका समयमा इटहरीमा सक्रिय हुनुहुन्थ्यो । 

नेवारहरूको राष्ट्रिय संगठन नेवास् देय् दबूमा दुईपल्ट उपाध्यक्ष निर्वाचित भएका ताम्राकार वर्तमान अध्यक्ष हुनुहुन्छ। देय् दबूमा निक्कै सक्रिय रहि संगठनलाई नयाँ उचाईमा पुर्याएता पनि आफ्नो कार्यकालको अन्त्यमा भने उहाँ विवादमा पर्नुभयो। नेवास् देय् दबूको छैठौं महाधिवेशनमा विवाद चर्केपछि नयाँ नेतृत्व चयन नगरि २०६९ असोज ८  गते स्थगित भएको महाधिवेशन अहिलेसम्म हुनसकेको छैन।

पहिलो संविधानसभा भंग हुनुअघि जातिय संगठनहरूको नेतृत्वमा भएको जनजाती आन्दोलनका समयमा  उपत्यकाको नेतृत्व गरेका ताम्राकार नेपाल आदिवासी जनजाती महासंघको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित हुनुभएको थियो।

उहाँका दुई छोरी र तीन छोरा छन्।

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज