प्रेमबहादुर तामाङ

प्रेमबहादुर तामाङ

एकीकृत नेकपा माओवादी

निर्वाचन क्षेत्र: रसुवा-१

सेयर गर्नुहोस

Total Hits: 2.7 K

बि.सं.२०३७ साल पुष २२ गते धैवुङ्ग जीवजीवे ६ रसुवामा जन्मेका प्रेमबहादुर तामाङका बाबुको नाम हरिबहादुर र आमाको नाम सानुकान्छी तामाङ हो । सव–ओभरसियर पढेका तामाङ विद्यार्थी जीवनदेखि नै राजनीतिमा लाग्नुभएको थियो ।

सशस्त्र बिद्रोहकालमा माओवादी लडाकुको प्लाटुन कमिसारसम्म भएका तामाङ माओवादीको संयुक्त जनक्रान्तिकारी परिषद, रसुवाका प्रमुख पनि हुनुभएको थियो ।  

एकमात्र निर्वाचन क्षेत्र भएको रसुवाबाट २०६४ सालको संविधानसभा निर्वाचनमा तामाङ ११ हजार १ सय ४७ मत प्राप्त गरी विजयी हुनुभएको थियो । नेकपा एमालेका माधवप्रसाद अर्यालले ४ हजार ६ सय ४ मत प्राप्त गर्नुभएको थियो भने नेपाली कांग्रेसका बालचन्द्र पौडेलले ३ हजार ६ सय ३१ मत प्राप्त गर्नुभएको थियो ।

पार्टी भित्र उहाँ बाबुराम भट्टराई नजिकका हुनुहुन्छ । संविधानसभामा उहाँले राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिको सदस्य भएर काम गर्नु भएको थियो ।

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज