राधाकृष्ण कँडेल

राधाकृष्ण कँडेल

नेकपा एमाले

निर्वाचन क्षेत्र: पाल्पा-१ (17804 मत प्राप्त गरी विजयी)

सेयर गर्नुहोस

Total Hits: 3.0 K

नेकपा एमालेका पाल्पा जिल्ला अध्यक्ष राधाकृष्ण कँडेलको जन्म बि.सं.२०१९ साल साउन १४ गते दर्छा १, पाल्पामा भएको हो । गुणाखर र रेवकुमारी कँडेलका छोरा राधाकृष्ण कँडेल शिक्षा शास्त्र संकायमा स्नातक हुनुहुन्छ ।

२०३५/०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय कँडेल ०३६ सालमा नेकपा मालेको सदस्य बन्नुभयो । जिल्लामा लामो राजनीतिक पृष्ठभूमि भएका कँडेल ०३९ सालमा अनेरास्ववियूको जिल्ला उपाध्यक्ष र त्यही साल अध्यक्ष बन्नुभयो भने ०४० सालमा पनि उहाँले अध्यक्ष भएर काम गर्नुभयो ।

२०४५ सालमा कँडेलले अनेरास्ववियुको काठमाडौं  जिल्ला उपाध्यक्ष भएर काम गर्नुभयो भने ०४७/०४८ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको पाल्पा उपाध्यक्ष हुनुभयो । ०४८ सालमा पार्टीको ईलाका सचिव भएका कँडेल ०५० मा नेकपा एमाले पाल्पा जिल्ला कमिटीमा प्रवेश गर्नुभयो । त्यसपछि उहाँ एमालेको पाल्पा जिल्ला कमिटीमा अनवरत काम गरिरहनुभएको छ ।

२०५५ सालदेखि ०६० सालसम्म उपसचिव, ०६० पुसदेखि ०६६ जेठसम्म सचिव र ०६७ भदौदेखि उहाँ नेकपा एमाले, पाल्पाका अध्यक्ष हुनुहुन्छ ।  उहाँले ०५४ सालमा वडाध्यक्षमा निर्वाचित भएर जनप्रतिनिधिका रुपमा पनि काम गर्नुभएको थियो ।

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज