तिलकराम शर्मा

तिलकराम शर्मा

एकीकृत नेकपा माओवादी

निर्वाचन क्षेत्र: बर्दिया-२

सेयर गर्नुहोस

Total Hits: 1.2 K

तिलकराम शर्मा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य हुनुहुन्छ । जागेश्वर उपाध्याय र नर्वदा उपाध्यायका छोरा शर्माको जन्म २०२४ साल जेठ २६ गते अर्जेवा–९ बाग्लुङमा भएको हो । ०३९ सालमा बसाईं सरेका शर्माको परिवार हाल बर्दियाको गुलरियामा छ । एसएलसी उत्तीर्ण गरेका शर्माले तत्कालीन नेकपा मशालको युवा संघबाट ०४१ सालदेखि राजनीति शुरु गर्नुभएको थियो ।

२०४२ सालमा पार्टीको सदस्यता लिएका शर्मा ०४५ सालदेखि ०४८ सम्म विद्यार्थी संगठनको केन्द्रीय समितिमा रहेर काम गर्नुभयो । भेरी कर्णालीमा जिम्मेवारी निभाउने क्रममा शर्माले विद्यार्थी कालमा हुम्ला, जुम्ला, मुगु र कालिकोटमा काम गर्नुभयो ।

शर्माले ०४८ सालमा बर्दिया जिल्ला सदस्य भएर काम गर्नुभयो । नेकपा माओवादीको सशस्त्र बिद्रोहका समयमा शर्माले हुम्ला, मुगु, जाजरकोट, सुर्खेत लगायतका जिल्लामा ईञ्चार्ज र सेक्रेटरी भएर काम गर्नुभयो ।

२०४५ सालमा पूर्णकालीन कार्यकर्ता भएका शर्माले बर्दिया जिल्लामा पार्टीको ईञ्चार्ज भएर समेत काम गर्नुभयो । २०५५ साल माघ २१ गते कैलालीमा पक्राउ परेका शर्मा ०६१ साल माघ २६ गतेसम्म गरी ६ वर्ष सात दिन जेल बस्नुभयो । पछि नेकपा माओवादीले कैलाली जेलमा आक्रमण गरेपछि शर्मा छुट्नुभएको थियो ।

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज