अर्जुननरसिंह के.सी

अर्जुननरसिंह के.सी

नेपाली कांग्रेस

निर्वाचन क्षेत्र: नुवाकोट-१ (17346 मत प्राप्त गरी विजयी)

सेयर गर्नुहोस

Total Hits: 2.1 K

नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह के.सीको जन्म बि.सं.२००४ साल असोजमा राउतबेसी ४, नुवकोटमा भएको हो । के.सीका चार छोरी र एक छोरा छन् । उहाँले कानुन संकायबाट स्नातकोत्तर गर्नुभएको छ ।
केसी २०४८ सालमा नेपाली कांग्रेसको केन्द्रिय सदस्य हुनुभएको थियो । उहाँ २०५२ सालमा १८ महिना स्वास्थ्य मन्त्री, ०५६ सालमा शिक्षा तथा आवास मन्त्री, ०५७ देखि ०६२ सालसम्म नेपाली कांग्रेसको प्रवक्ता हुनुहुन्थ्यो । यसैगरी २०६४ देखि ०६८ सम्म उहाँ नेपाली कांग्रेसको सह–महामन्त्री हुनुहुन्थ्यो ।  
केसी २०६४ सालको संविधानसभा निर्वाचनमा नुवाकोट जिल्ला क्षेत्र नम्बर १ बाट तत्कालिन नेकपा माओवादीकी उम्मेद्वार बिमला सुवेदीसँग पराजित हुनुभएको थियो । केसीले १२ हजार ९ सय ८४ मत प्राप्त गर्नुभएको थियो भनें सुवेदीले २० हजार ५ सय ८१ मत प्राप्त गर्नुभएको थियो ।
 

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज