मालती सोडारी

मालती सोडारी

नेपाली कांग्रेस

निर्वाचन क्षेत्र: बर्दिया-३

सेयर गर्नुहोस

Total Hits: 2.2 K

नेपाली कांग्रेसका उम्मेदवार मालती सोडारीको जन्म बिसं २०२५ मंसीर २८ गते बर्दियाको गुलरियामा भएको हो । रुनसिंह सोडारी र मैनादेवी सोडारीकी छोरी मालती बुबाकै प्रेरणाले राजनीतिमा लाग्नुभएको हो । उहाँका बुबा रुनसिंह नेपाली कांग्रेसको कार्यकर्ता भएकाले मालती ०३८ सालमा नेविसंघको सदस्य हुनुभयो ।

०४४ सालमा पार्टी सदस्यता लिएकी सोडारी गाउँ, क्षेत्र हुँदै जिल्ला सदस्य बन्नुभयो भने ०४९ सालमा उहाँ भेरी अञ्चलबाट महिला संघको केन्द्रीय सदस्य हुनुभयो । महिला संघमा सोडारी हाल पनि केन्द्रीय सदस्य र पार्टीको महासमिति सदस्य हुनुहुन्छ । सोडारीका दुई छोरा पनि नेविसंघमा क्रियाशील छन् ।

२०६४ सालको संविधान सभा निर्वाचनमा  क्षेत्र नम्वर १ बाट चुनाव लडेर सोडारी पराजित हुनुभएको थियो । सोडारीले मानविकी संकायबाट प्रमाणपत्र तह अध्ययन गर्नुभएको छ ।

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज