राजेन्द्र ढुँगाना

राजेन्द्र ढुँगाना

राष्ट्रिय जनमोर्चा

निर्वाचन क्षेत्र: बाग्लुङ-२

सेयर गर्नुहोस

Total Hits: 1.0 K

राजेन्द्र ढुङ्गानाको जन्म २०३३ साल चैत १६ गते बाग्लुङ जिल्लाको धुल्लु बाँस्कोट गाविस–१ लुरुङमा भएको हो । उहाँ मोतीलाल शर्मा र पार्वती शर्माका छोरा हुनुहुन्छ ।

समाजशास्त्रमा स्नातकोत्तर गरेका ढुँगाना राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य हुनुहुन्छ । ढुंगानालाई पार्टीले यसअघि पार्टी अध्यक्ष चित्रबहादुर केसीले जित्दै आएको बाग्लुङ क्षेत्र नम्वर २ बाट उम्मेदवार बनाएको छ ।

२०४४ सालदेखि पार्टी निकटको वाल संघमा बसेर काम गरेका ढुंगाना २०४६ सालदेखि रक्तिम साँस्कृतिक अभियानको कलाकार हुनुभयो । पार्टी निकटको विद्यार्थी संगठनको बाग्लुङ कमिटीमा काम गर्दै ०६४ सालमा अखिल छैठौको अध्यक्ष भएका ढुंगानाले विद्यार्थी संगठन छोडेपछि पार्टीको विद्यार्थी संगठनमा काम गर्नुभयो ।

२०६६ सालमा अखिल नेपाल युवक संगठनको महासचिव बन्नुभयो । दुई वर्ष युवक संगठनमा काम गरेका ढुंगाना दुई वर्ष पछि राष्ट्रिय जनमोर्चाको केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । हाल पनि युवा नेता ढुंगानाले राष्ट्रिय जनमोर्चाको केन्द्रीय सदस्य भएर काम गरिरहनुभएको छ ।

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज