सीताराम भण्डारी

सीताराम भण्डारी

नेपाली कांग्रेस

निर्वाचन क्षेत्र: महोत्तरी-६ (9480 मत प्राप्त गरी विजयी)

सेयर गर्नुहोस

Total Hits: 1.7 K

२००४ साल असार १३ गते महोत्तरीको औरही ८ मा जन्मेका सीताराम भण्डारी हाल महोत्तरी भरतपुर ८ मा स्थाई बसोवास गरिरहनु भएको छ । उहाँका बुबाको नाम भुवनेश्वर र आमाको नाम लक्ष्मिदेवी भण्डारी हो । भण्डारीले भारतको दरभंगाबाट स्नातक तह उत्तीर्ण गर्नुभएको छ ।

वि.सं. २०२२ सालदेखि नेविसंघको सदस्यता लिएर राजनीति थालेका भण्डारी  त्यसयता निरन्तर नेपाली कांग्रेसमा कृयाशिल भएर राजनीति गरिरहनु भएको छ । नेपाली कांग्रेस, महोत्तरी जिल्ला सभापति समेत भइसकेका भण्डारी हाल पार्टीको महासमिति सदस्य हुनुहुन्छ ।

भण्डारी २०६४ को संविधानसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ६ बाट त्यतिबेला मधेसी जनअधिकार फोरम, नेपालमा रहेका र हाल राष्ट्रिय मधेस समाजवादी पार्टीका शरत सिंह भण्डारीसँग २१ मतले पराजित हुनु भएको थियो । शरत् सिंहले ६ हजार ८ सय ६२ मत प्राप्त गर्नुभएको थियो भनें सिताराम भण्डारीले ६ हजार ८ सय ४१ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज