रामेश्वरप्रसाद ढुंगेल

रामेश्वरप्रसाद ढुंगेल

नेपाली कांग्रेस

निर्वाचन क्षेत्र: भक्तपुर-२ (21121 मत प्राप्त गरी विजयी)

सेयर गर्नुहोस

Total Hits: 1.8 K

रामेश्वरप्रसाद ढुंगेल र लिलाकुमारी ढुङ्गेलका छोरा रामेश्वरप्रसाद ढुंगेलको जन्म २०१७ साल असार २९ गते भक्तपुरको कटुञ्जे गाविसमा भएको हो । मानविकी संकायमा स्नातक गरेका ढुंगेल २०३६ सालदेखि राजनीतिमा लाग्नुभएको हो । 
विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका ढुंगेल हाल नेपाली कांग्रेसको क्षेत्रीय सभापति हुनुहुन्छ । ढुंगेल पञ्चायतकालमा (२०४३ सालमा) प्रधानपञ्च हुनुहुन्थ्यो भने २०४९ र २०५४ सालको स्थानीय तहको निर्वाचनमा कटुञ्जे गाविसको अध्यक्षमा निर्वाचित भएर काम गर्नुभयो । 
विभिन्न सामाजिक संस्थामा काम गरेका ढुंगेलले कुटुञ्जे घट्टेखोला खानेपानी आयोजनाको अध्यक्ष, नेपाल बाल संगठन अञ्चल प्रतिनिधी, राष्ट्रिय सहकारी संघ केन्द्रीय प्रतिनिधी, गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिष्ठानको संस्थापक अध्यक्ष भएर पनि काम गर्नुभएको छ । 

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज