डा. रामबहादुर बिसी

डा. रामबहादुर बिसी

नेपाली कांग्रेस

निर्वाचन क्षेत्र: अर्घाखाची-१

सेयर गर्नुहोस

Total Hits: 1.7 K

हिजोआज डिभर्ना–१ अर्घाखाँचीमा बसोबास भएका डा. रामबहादुर बि.सी.को जन्म वि.सं.२००५ साल कात्तिक २३ गते अर्घाखाँचीको वाङ्ला गाविस–१ मा भएको हो । चिकित्सक पेशा छोडेर राजनीतिमा लागेका डा. रामबहादुर बीसीका बाबुको नाम डिलबहादुर बस्याल क्षेत्री र आमाको नाम पूर्णकला बस्याल क्षेत्री हो । 

२०२४ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा लागेका बीसीले सन् १९७६ मा भारतबाट एमबीबीएस पूरा गरेपछि १० वर्ष चिकित्सक भएर नेपालगञ्ज, तनहुँ र वीर अस्पताल, काठमाडौंमा काम गर्नुभयो ।

०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा उम्मेदवार हुन उहाँले २०४२ सालमा चिकित्सक पेशा छोड्नु भयो । सो निर्वाचनमा पराजित भएका क्षेत्री पछि सो क्षेत्रबाट निर्वाचित काशीनाथ गौतमको निधन भएपछि भएको उपचुनावमा प्रतिबन्धित नेपाली काँग्रेसको सहयोगमा चुनाव जितेर राष्ट्रिय पञ्चायत सदस्य बन्नुभयो । 

२०५६ सालमा कांग्रेसको उम्मेदवार भएका बीसी राष्ट्रिय जनमोर्चाका डिलाराम आचार्यसँग पराजित हुनुभयो । बस्याल काँग्रेसको महासमिति सदस्य पनि हुनुहुन्छ । यस क्षेत्रमा २०६४ सालमा तत्कालिन नेकपा माओवादीले चुनाव जित्दा काँग्रेस दोस्रो स्थानमा थियो ।

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज