जमिन्द्रमान घले

जमिन्द्रमान घले

नेकपा एमाले

निर्वाचन क्षेत्र: लमजुङ-१ (11309 मत प्राप्त गरी विजयी)

सेयर गर्नुहोस

Total Hits: 7.0 K

नेकपा एमालेको गण्डकी अञ्चल कमिटीका सदस्य जमिन्द्रमान घले बि.सं. २०४७ सालदेखि लमजुङमा राजनीतिसँगै सामाजिक काममा क्रियाशील हुनुहुन्छ । उहाँको जन्म २०१९ साल साउन २८ मा लमजुङको भूलभूले गाविस–७ मा भएको हो । उहाँका स्वर्गिय बुबाको नाम कर्णबहादुर घले र आमाको नाम ईन्द्रकुमारी घले हो । 

२०४४ सालदेखि राजनीतिमा सक्रिय घलेले २०४७ सालमा तत्कालिन नेकपा मालेको पार्टी सदस्यता लिनु भएको थियो । घलेले २०४९ सालमा गाविस अध्यक्ष र २०५४ सालमा जिल्ला विकास समितको सभापति भएर काम गर्नुभयो । नेपाल रेडक्रस सोसाईटीसँगै जिल्लाका बिभिन्न क्याम्पस र उच्च माविमा उहाँले नेतृत्व गर्नुभएको छ । 

२०५० सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य, २०६६ सालमा जिल्ला अध्यक्ष हुँदै घले अहिले नेकपा एमालेको गण्डकी अञ्चल कमिटी सदस्य हुनुहुन्छ । 

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज