सुरेन्द्र पाण्डे

सुरेन्द्र पाण्डे

नेकपा एमाले

निर्वाचन क्षेत्र: चितवन-१ (18760 मत प्राप्त गरी विजयी)

सेयर गर्नुहोस

Total Hits: 3.8 K

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको जन्म वि.सं.२०१५ भदौ ९ गते गजुरी ८, धादिङमा भएको हो । तर अहिले उहाँको स्थायी बसोबास चितवन जिल्लामा छ । नेत्रराज पाण्डे र मनमाया पाण्डेका छोरा सुरेन्द्र पाण्डे १८ वर्षदेखि नेकपा एमालेको केन्द्रीय नेतृत्वमा हुनुहुन्छ । 

उहाँले वि.स.२०३१ सालदेखि तत्कालीन कोअर्डिनेशन केन्द्रबाट कम्यूनिष्ट राजनीति सुरु गर्नुभएको थियो । २०५६ सालको संसदीय निर्वाचनपछि राष्ट्रिय सभाको सदस्य बनेका पाण्डे २०६४ सालमा संविधानसभामा नेकपा एमालेका तर्फबाट समानुपातिकबाट सभाषद् छानिनुभयो । यसपटक उहाँ चितवनको क्षेत्र नम्वर १ बाट उम्मेदवार बन्नुभएको छ । यस निर्वाचन क्षेत्रमा २०६४ सालको संविधानसभा निर्वाचनमा पनि नेकपा एमालेले जितेको थियो । 

समाजशास्त्रमा स्नातकोत्तर र वाणिज्य शास्त्रमा स्नातक पाण्डे माधवकुमार नेपाल नेतृत्वको सरकारमा अर्थमन्त्री हुनुहुन्थ्यो । अध्यक्ष झलनाथ खनाल निकट भनेर चिनिने पाण्डेलाई पार्टीले सहमति र संवादका बेला महत्वपूर्ण भूमिकामा खटाउने गरेको छ । 

उहाँले यसअघि संविधान सभाको संवैधानिक समितिमा सकृय हुनुहुन्थ्यो । पाण्डेका दाजु तथा पूर्व मन्त्री राजेन्द्रप्रसाद पाण्डे धादिङ क्षेत्र नम्वर ३ बाट नेकपा एमालेको तर्फबाट नै उम्मेदवार हुनुहुन्छ ।  

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज