वामदेव क्षेत्री

वामदेव क्षेत्री

एकीकृत नेकपा माओवादी

निर्वाचन क्षेत्र: गुल्मी-३

सेयर गर्नुहोस

Total Hits: 954

एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य वामदेव क्षेत्री(घिमिरे)को जन्म २०१४ साल चैत २९ गते गुल्मी जिल्लाको पूर्कोट दह गाविस–९ डडुवामा भएको हो । क्षेत्री नरिश्वर घिमिरे र पवित्रा घिमिरेका छोरा हुनुहुन्छ ।

२०३१ सालमा तत्कालीन नेकपा चौम(चौथो महाधिवेशन)बाट कम्यूनिष्ट राजनीतिमा लागेका क्षेत्रीले २०३५ सालमा पार्टी सदस्यता लिनुभएको थियो । राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका क्षेत्रीले भारतमा पढ्दै र काम गर्दै विद्यार्थी संगठन र प्रवासी नेपाली मजदुरको संगठनमा काम गर्नुभयो ।

अखिल भारत नेपाली विद्यार्थी संघ(अभानेविसंघ) को उपाध्यक्ष र पछि महासचिव भएर उहाँले भारतमा बसेर समेत पार्टीका लागि काम गर्नुभएको थियो । तत्कालिन नेकपा माओवादीले सशस्त्र बिद्रोह सुरु गरेपछि भारतमा बसेर उहाँले त्यसका लागि काम गर्नुभयो ।

त्यसका लागि भारतमा गठन गरिएको ईन्टरनेशनल सोलिडारिटी फोरमका उहाँ संयोजक हुनुहुन्थ्यो । २०५७ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य बनेका क्षेत्री २०५९ सालमा भारतमा पक्राउ परेपछि डेढ वर्ष जेल पर्नुभयो । भारतमा पक्राउ परेका क्षेत्रीलाई भारतले भोलिपल्टै नेपाल सरकारलाई बुझाएको थियो ।

क्षेत्रीले शान्ति प्रकृया सुरु भएपछिको अन्तरिम संसदको विधायक र कृषि विकास बैंकको अध्यक्ष भएर काम गर्नुभयो । उहाँ पार्टी भित्र बाबुराम भट्टराईका निकट मानिनुहुन्छ ।

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज