विष्णुप्रसाद पौडेल

विष्णुप्रसाद पौडेल

नेकपा एमाले

निर्वाचन क्षेत्र: रुपन्देही-४ (19576 मत प्राप्त गरी विजयी)

सेयर गर्नुहोस

Total Hits: 4.2 K

देविलाल र रेवती पौडेलका छोरा विष्णुप्रसाद पौडेलको जन्म २०१६ साल मंसिर ५ गते स्याङ्जाको पुतलिबजार १३ मा भएको हो । माध्यामिक तहसम्म पढेका पौडेल २०३३ सालदेखि राजनीतिमा सक्रिय हुनुभएको हो ।

नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका पौडेल २०६४ सालको संविधानसा चुनावमा रुपन्देही क्षेत्र नम्बर ४ बाट विजयी हुनुभएको थियो । पौडेलले १५ हजार ८ सय ८० मत प्राप्त गर्नुभएको थियो भनें उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका भक्तिप्रसाद पाण्डेले १३ हजार ४ सय २१ मत प्राप्त गर्नुभएको थियो । यसैगरी नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानले १३ हजार १ सय ८२ मत प्राप्त गर्नुभएको थियो ।

उहाँले संविधानसभामा राज्यको शासकिय स्वरुप निर्धारण समितिको सदस्यका रुपमा काम गर्नुभएको थियो ।

पौडेल गणतन्त्र नेपालको पहिलो संयुक्त सरकारका जलश्रोत मन्त्री हुनु भएको थियो । २०३७ सालमा ३ वर्ष राजकाजको मुद्धा खेपेका पौडेल ३ हजार रुपैयाँ जरिवाना सहित भैरहवा जेल चलान भए पछि ४५ दिनको परिश्रम पछि जेल बिद्रोह गर्नुभएको थियो ।

२०५१ सालमा प्रतिनिधि सभा सदस्य समेत भइसकेका पौडेल २०५३ सालमा युवा खेलकुद तथा संस्कृती मन्त्री हुनु भएको थियो ।

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज