उदयपुरमा एमाले उम्मेदवारमाथि आक्रमण

Tuesday, Nov 19, 2013 05:32 AM (3 years ago)Total Hits: 13.2 K

सेयर गर्नुहोस

उदयपुर, मंसिर ४ – उदयपुर क्षेत्र नम्बर ३ का नेकपा एमालेका उम्मेदवार जगन्नाथ खतिवडामाथि सोमबार राती आक्रमण भएको छ ।

वास बसेको बेला रिस्कु गाविस ७ गालटारमा राती ११ बजे कटारी बजारबाट गएका कांग्रेस कार्यकर्ताले हवाई फायरिङ गर्दै खतिवडामाथि अन्धाधुन्ध आक्रमण गरेको उदयपुरका प्रहरी प्रमुख एसपी अजय भट्टराईले जानकारी दिनुभयो ।

खतिवडामाथि आक्रमण भएपछि उहाँको सुरक्षामा खटिएका प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको भट्टराईले जानकारी दिनुभयो । आक्रमणबाट एमाले कार्यकर्ता लक्ष्मण राई, सन्तोष राई, जयबहादुर राई र कृष्ण भट्टराई घाइते भएको भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीले हवाइ फायर गरेपछि भाग्ने क्रममा कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । घटना लगत्तै इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरीको एक खतिवडा बसेको ठाउँमा पुगेको थियो ।

घटनाको एमालेले भर्त्सना गरेको छ । उदयपुरका जिल्ला अध्यक्ष वेदप्रसाद पोखरेलले आफ्ना उम्मेदवारलाई कांग्रेस कार्यकर्ताले हत्याको प्रयास गरेको दावी गर्नुभयो ।

प्रतिक्रियाहरु

थप खबरहरु

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज