प्रचण्डले जित्दा सुशील कोइराला खुशी

Saturday, Nov 23, 2013 12:17 PM (4 years ago)Total Hits: 16.5 K

सेयर गर्नुहोस

चितवन, मंसिर ८ – नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिराहाबाट विजयी हुँदा आफुलाई खुशी लागेको बताउनुभएको छ ।

चितवन ४ बाट निर्वाचित भएको प्रमाणपत्र बुझेपछि पत्रकारसँग कुरा गर्दै उहाँले संबिधान निर्माण प्रक्रियामा प्रचण्डको अभाव खड्किने कुराले आफु चिन्तित भएको भन्दै सिराहा ५ बाट बिजय भएको खबर पाउँदा खु्शी लागेको बताउनुभएको हो ।

यसपालीको चुनाव अहिलेसम्मकै निष्पक्ष भएको भन्दै कोइरालाले धाँधली भयो भन्नु प्रचण्डको आरोप मात्र रहेको बताउनुभयो । लोकतान्त्रिक प्रक्रियाबाट दुई जना प्रधानमन्त्री भैसकेको पार्टी एकीकृत माओवादीले निर्वाचनको परिणाम स्वीकार गर्दिन भन्नु दुखद भएको कोइरालाको भनाई छ ।

प्रचण्डको अभिब्यक्तिले अन्तराष्ट्रिय समुदाय चिन्तित भएको भन्दै कोइरालाले यस विषयमा काठमाडौ फर्किएर प्रचण्डसंग कुराकानी गर्ने बताउनुभयो । उहाँले एकीकृत माओवादी पनि संविधान निर्माण प्रक्रियामा सहभागी हुने विश्वास ब्यक्त गर्नुभयो ।

भाबी प्रधानमन्त्रीका बिषयमा पत्रकारले सोधेको प्रश्नमा कोइरालाले नेपाली कांग्रेस संस्थागत प्रक्रियाबाट अगाडि बढ्ने भन्दै संसदीय दलको बैठक बसेर निर्णय गर्ने बताउनुभयो । चितवन र बाँकेबाट बिजय हुनुभएका कोइरालाले कुन क्षेत्र छाड्ने भन्ने पत्रकारको प्रश्नमा दुवै क्षेत्रका पार्टीका नेता कार्यकर्तासंग छलफल गरेर निर्णय लिने बताउनुभयो ।

प्रतिक्रियाहरु

थप खबरहरु

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज