कास्कीमा समानुपातिकतर्फ एमाले अघि

Saturday, Nov 23, 2013 15:20 PM (4 years ago)Total Hits: 6.5 K

सेयर गर्नुहोस

पोखरा, मंसिर ८ – समानुपातिक निर्वाचन प्रणालीतर्फ कास्कीका चारवटै निर्वाचन क्षेत्रमा नेकपा एमाले अगाडि देखिएको छ । मत परिणाम अनुसार एमालेले ५० हजार ५ सय ४०, नेपाली कांग्रेसले ४८ हजार ७ सय ५४ मत ल्याएको छ ।

त्यसैगरी एकीकृत नेकपा माओवादीले २३ हजार ३ सय १, राप्रपा नेपालले ८ हजार १ सय ४६, अखण्ड नेपाल पार्टीले ६ हजार ९९ र संघीय समाजवादी पार्टीले ५ हजार २ सय ८६ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

नेकपा एमालेले क्षेत्र नम्बर १ मा १५ हजार ६३, २ मा ९ हजार ७ सय ९८, ३ मा ११ हजार ४ सय ७५ र ४ मा १४ हजार २ सय ४ मत ल्याएको छ । नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा १५ हजार ६ सय ४७, २ मा १० हजार ६५, ३ मा १० हजार ४ सय ३ र ४ मा १२ हजार ६ सय ३९ मत ल्याएको छ ।

प्रतिक्रियाहरु

थप खबरहरु

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज