काठमाडौंमा राप्रपा नेपालको गाई पहिलो

Sunday, Nov 24, 2013 14:37 PM (4 years ago)Total Hits: 31.7 K

सेयर गर्नुहोस

काठमाडौं, मंसिर ९ - संविधानसभा चुनावको प्रत्यक्षतर्फ कांग्रेस पहिलो पार्टी भएपनि समानुपातिकतर्फ एमाले पहिलो दल बन्ने संभावना बढेको छ । यस्तै प्रत्यक्षतर्फ एक सिट पनि नजितेको राप्रपा नेपाल चौथो शक्ति बन्ने झण्डै निश्चित देखिएको छ । समानुपातिकमा एमालेलाई कांग्रेसले र एमाओवादीलाई राप्रपा नेपालले पछ्याइरहेका छन् ।

प्रत्यक्षमा कांग्रेसले ७ र एमालेले ३ सिट जितेको काठमाडौंमा राप्रपा नेपालको गाईले समानुपातिकमा धेरै मत ल्याएको छ । क्षेत्र नम्वर ३ र ७ बाहेक समानुपातिकतर्फ मतगणना सुरु भएका अरु क्षेत्रमा राप्रपा नेपालले अग्रता लिएको छ ।  

काठमाडौं १ मा राप्रपा नेपालले समानुपातिकतर्फ ९ हजार ९ सय ९८ मत पाएको छ । प्रत्यक्षतर्फ विजयी हासिल गरेको कांग्रेसको ९ हजार ९८ मत मात्रै छ । यस्तै एमालेले ३ हजार २ सय ६१ र एमाओवादी २ हजार ९ सय ७८ मत ल्याएका छन् ।

काठमाडौं २ को समानुपातिकतर्फ राप्रपा नेपालको १० हजार ४ सय १६ मत आएको छ । प्रत्यक्षमा जितेको एमालेले ७ हजार ४ सय ४९ मत मात्र पाएको छ । यस्तै नेपाली कांग्रेसको ६ हजार ६ सय ८८ तथा एमाओवादीको ३ हजार १ सय ९५ मत छ ।

कांग्रेसका गगन थापाल विजयी भएको काठमाडौं ४ मा राप्रपा नेपालको ७ हजार ५ सय २२ मत आएको छ । एमालेको ४ हजार ९ सय ८४, कांग्रेसको ८ हजार ५ सय ३८ तथा एमाओवादीको ३ हजार ५ सय २३ मत छ ।

यस्तै कांग्रेसका नरहरि आचार्य निर्वाचित भएको काठमाडौं ५ मा समानुपातिकतर्फ एमालेको मत बढी आएको छ । एमालेको ८ हजार २ सय ९५, राप्रपा नेपालको ८ हजार ११, कांग्रेसको ७ हजार ९ सय २५ तथा एमाओवादीको २ हजार ७ सय ४३ मत छ ।

क्षेत्र नम्वर ६ मा राप्रपा नेपालको भन्दा कांग्रेसको मत केही बढी छ । राप्रपा नेपालले ४ हजार ९ सय ३६ मत पाउँदा कांग्रेसले ५ हजार २ सय ५७ मत पाएको छ । एमालेको ३ हजार २ सय ४४ तथा एमाओवादीको २ हजार ६८ मत छ ।

काठमाडौं ८ मा राप्रपा नेपालको ८ हजार ६ सय २०, कांग्रेसको ८ हजार २ सय २५, एमालेको ५ हजार २६ तथा एमाओवादीको २ हजार ४ सय २५ मत छ ।

काठमाडौं ९ मा राप्रपा नेपालले ६ हजार ६ सय ४५ मत ल्याएको छ । समानुपातिकतर्फ नै एमालेले ५ हजार १ सय २५, कांग्रेसले ४ हजार ७ सय ९४ तथा एमाओवादीको २ हजार ८ सय ८४ मत आएको छ ।

प्रत्यक्षमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेको कांग्रेसले क्षेत्र नम्वर १० मा समानुपातिकतर्फ अहिलेसम्म ३ हजार ४ सय ७ मत पाएको छ । यस्तै एमाओवादीले २ हजार ९ सय ७६, एमालेले २ हजार २७ र राप्रपा नेपालले १ हजार ४२ मत पाएका छन् ।

काठमाडौंबाट जनतान्त्रिक तराई मधेस मुक्ति टाईगर्स, लिम्बुवान मुक्ति मोर्चा, बहुजन समाज, तराई पहाड हिमाल, राष्ट्रिय लोकतान्त्रिक युवा, राष्ट्रिय जनविकास, मधेसी जनअधिकार फोरम मधेस, सद्भावना गजेन्द्रवादी, जनता दल लोकतान्त्रिक, संघीय सद्भावना, नेपाल न्यायिक, मधेस ममता, नेपाल युवा किसान लगायतका जातीय र क्षेत्रीय पार्टीहरुले भने अहिलेसम्म शून्य मत पाएका छन् ।  

प्रतिक्रियाहरु

थप खबरहरु

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज