राजनीतिक दल
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को स्थापना ०७३ साल चैत्रमा भएको हो । डा. प्रकाशचन्द्र लोहनी यो पार्टीका अध्यक्ष हुनुहुन्छ । राप्रपा र राप्रपा नेपालको एकीकरणपछि भएको महाधिवेशनमा सहमत नभएर उहाँले अलग पार्टी गठन गर्नुभएको हो । एकतापछिको महाधिवेशन भएको एक महिना पनि नहुँदै उहाँले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) पार्टीको गठन गर्नुभएको हो ।

यो पार्टीले राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई समुन्नत दिशातर्फ अग्रसर बनाउने र हिन्दु राष्ट्रिय पहिचान र राजसंस्था स्थापनाको मुख्य लक्ष्य रहेको बताएको छ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले संवैधानिक राजसंस्थाको वकालत गर्दै दलीय जमिन्दारी सँस्कारबाट मुक्त समाज निर्माणका लागि भन्दै ७ बुँदे रणनीति सहित २० बुँदे घोषणापत्र पनि जारी गरेको छ । यो पार्टी आयातकारभित्रको हलो चुनाव चिन्ह् लिएर प्रदेश र प्रतिनिधिसभा चुनावमा जाँदै छ ।

अध्यक्ष : प्रकाशचन्द्र लोहनी

मुख्यालय : काठमाडौं

थप राजनीतिक दल