राजनीतिक दल
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल

मोहन वैद्य नेतृत्वको माओवादीले दोस्रो संविधानसभा चुनाव बहिष्कार गर्यो । पार्टीमा पछि विवाद आयो । रामबहादुर थापा नेतृत्वमा पार्टीबाट अलग भएका माओवादीका अधिकांश नेता ०७३ साल जेठमा माओवादी केन्द्रमा नै फर्के । तर मोहन वैद्य माओवादीमा नै रहे ।

वैद्य नेतृत्वको माओवादी र अन्य साना कम्युनिष्ट पार्टी एक भएर पार्टीको नाम नेकपा माओवादी (क्रान्तिकारी) राखिएको छ । पार्टीभित्र चुनावमा जानको लागि सर्वत्र बिरोध भएपछि नेकपा माओवादी (क्रान्तिकारी) चुनावमा जान सहमत भएर पार्टी निर्वाचन आयोगमा दर्ता गरेको छ ।

सर्वहारा वर्ग, मजदुर, किसान, उत्पीडित समुदायको हकअधिकारका लागि संघर्ष गर्ने प्रस्ताव सहित निर्वाचन आयोगमा नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल दर्ता भएको हो । यसको संयोजक सिपी गजुरेल हुनुहुन्छ ।

माओवादीबाट विभाजित भएर गएको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले चुनावमा जानका लागि मोर्चा बनाएको हो । यहि मोर्चाबाट स्थानीय तहको चुनावमा गएको यो पार्टीले कुनै पनि तहमा जितेन । प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि नेकपा माओवादी (क्रान्तिकारी) देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालबाट चुनावमा गएको छ ।

संयोजक : सिपी गजुरेल

मुख्यालय : बुद्धनगर, काठमाडौं

थप राजनीतिक दल