राजनीतिक दल
नयाँ शक्ति पार्टी, नेपाल अबको निकास आर्थिक विकास

‘अबको निकास आर्थिक विकास’ मूल नारा बोकेर नयाँशक्ति पार्टी नेपाल ०७३ जेठमा गठन भएको हो । यसको संयोजक पूर्वप्रधानमन्त्री तथा पूर्वमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई हुनुहुन्छ । तत्कालीन माओवादी केन्द्रका उपाध्यक्ष बाबुराम भट्टराईले पार्टीमा आफ्नो असन्तुष्टि देखाउँदै संविधान जारी भएको भोलिपल्ट माओवादी छोडेको घोषणा गर्नुभयो ।

१० वर्षे युद्ध र शान्ति प्रक्रिया हुँदै राजनीतिमा आएका भट्टराईको पेरिफेरीमा नयाँ शक्ति पार्टी घुमेको छ । ०६४ सालको पहिलो संविधानसभा चुनावमा गोरखा १ बाट सर्वाधिक मत पाएर विजयी हुनुभएको भट्टराई त्यही समयमा माओवादीबाट प्रधानमन्त्री पनि हुनुभएको थियो । ०७० को दोस्रो संविधानसभा चुनावमा गोरखा २ बाट जित्नुभएका भट्टराई रुपन्देही ४ बाट भने पराजित हुनुभएको थियो । संविधानसभाको संवैधानिक समितिका संयोजक भएर संविधान निर्माण कार्यमा भट्टराईले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

स्थानीय तह चुनावमा नयाँ शक्ति पार्टीले दुई तहमा जितेको छ । आँखा चुनाव चिन्ह लिएर प्रदेश र प्रतिनिधिसभा चुनावमा यो पार्टी गएको छ । यसपटक कांग्रेससँग नयाँ शक्ति पार्टीले चुनावी तालमेल गरेको छ ।

अध्यक्ष : बाबुराम भट्टराई

मुख्यालय : बबरमहल, काठमाडौं

वेभ साईट : https://www.nayashaktinepal.org/

फेस बुक : https://www.facebook.com

नयाँ शक्ति पार्टीको घोषणापत्र :

थप राजनीतिक दल