राजनीतिक दल
नेपाल कम्युनिष्ट पार्टी (माले)

नेपाल कम्युनिष्ट पार्टी मालेको स्थापना २०३५ साल पुष ११ गते भएको हो । यो पार्टीले आफूलाई आम नागरिक तथा देशको आकांक्षालाई प्रतिनिधित्व गर्ने सर्वहारा वर्गको पार्टीको रुपमा उभ्याउने प्रयास गरेको छ । मार्क्सवादी, लेनिनवादी र माओत्सेतुङ विचारधारालाई आत्मसात गरेको पार्टी नेकपा मालेले विभिन्न मुलुकहरु कोरिया, भियतनाम, क्युवा, लाओस, कम्बोडिया लगायत देशमा भएका प्रजातान्त्रिक आन्दोलनका अनुभवका साथै चीनको नवप्रजातन्त्रिक क्रान्तिलाई पनि महत्वका साथ आत्मसात गरेको बताउँछ ।

नेकपा मालेले सर्वहारा अन्तर्राष्ट्रवाद र गैर साम्राज्यवादी राष्ट्रियतामा विश्वास राख्दछ भने मार्क्सवाद र लेनिनवादलाई रचनात्मक ढंगले कार्यान्वयन गर्दै आएको बताउँछ । २०५६ सालको चुनावमा नेकपा मालेले एक सिट पनि जित्न सकेन । ०५८ सालमा वामदेव गौतम सहित पार्टीका धेरै नेता एमालेमा गए, तर सिपी मैनाली आफूले माले नछाड्ने बताउँदै पार्टी संयोजक हुनुभयो ।

०६४ सालमा भएको संविधानसभा चुनावमा नेकपा मालेले प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन । तर समानुपातिकतर्फ ८ सिट जितेको थियो । उसले समानुपातिकमा २ लाख ४३ हजार ५ सय ४५ मत पाएको थियो । यो जम्मा खसेको मतको २.२७ प्रतिशत हो । ०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा पनि प्रत्यक्षमा एक सिट पनि जित्न सकेन, तर समानुपातिक चुनावमा भने मालेले ५ सिट जित्यो । यो चुनावमा मालेले प्रत्यक्षमा १.०८ र समानुपातिकमा १.३८ प्रतिशत मत ल्याएको थियो । स्थानीय तह चुनाव ०७४ मा मालेले एक ठाउँमा पनि जित्न सकेन ।

महासविच : सी पी मैनाली

मुख्यालय : मैतिदेवी, काठमाडौं

आदर्श : मार्क्सवादी, लेनिनबादी र माओत्सेतुङ विचारधारा

थप राजनीतिक दल