राजनीतिक दल
नेपाल मजदुर किसान पार्टी

नेपाल मजदुर किसान पार्टीको स्थापना ०३१ माघमा भएको हो । यो पार्टीले माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ्ग विचारधारालाई देशको विशेषताअनुसार लागू गर्नुपर्ने पक्षमा वकालत गर्दै आएको छ । नेमकिपाले ‘नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ र ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ लाई स्थापनाको सैद्धान्तिक आधार मानेको छ ।

समाजको परिवर्तन र देशको विकासको निम्ति तल्लो वर्ग र शोषित–पीडित नागरिकलाई वर्गीय र राजनैतिक रुपले सचेत र सङ्गठित गर्दै कामदार वर्गलाई शासक वर्गका रुपमा उठाउन नेमकिपा स्थापनाकालदेखि नै सङ्घर्षरत रहेको पार्टीले जनाउँदै आएको छ । ०३६ सालमा भएको देशव्यापी आन्दोलनले ०३७ साल जेठ १० गते सम्पन्न भएको जनमत सङ्ग्रहलाई निष्पक्ष र धाँधलीरहित बनाउन पाँच पूर्वाधारहरू अगाडि सारी ०३६ भदौ २४ गते भएको आन्दोलनमा पनि यो पार्टी सरिक थियो । ०५१ सालको संसदीय चुनावमा नेमकिपाले चार स्थानमा जितेको थियो ।

०६४ सालको संविधानसभा चुनावमा नेककिपाले प्रत्यक्षमा २ सिट र समानुपातिकमा तीन सिट जित्यो । ०७० सालको संविधानसभा चुनावमा भने नेमकिपाले प्रत्यक्षमा एक सिट मात्र जित्यो । प्रत्यक्ष एक र समानुपातिक तीन सिट गरी नेमकिपा चार सांसद सहित संसदमा प्रतिनिधित्व गर्यो । नेमकिपालाई एक जिल्लामा मात्रै राजनीति गर्ने पार्टी भनेर आलोचना गर्ने गरिन्छ । स्थानीय तह चुनावमा पनि नेमकिपा एउटा स्थानीय तहमा विजयी भएको छ ।

अध्यक्ष : नारायणमान बिजुक्छे

मुख्यालय : गोल्मढी, भक्तपुर

वेभ साईट : http://nwpp.org.np

फेसबुक पेज : https://www.facebook.com/NeMaKiPa/

थप राजनीतिक दल