राजनीतिक दल
राष्ट्रिय जनमुक्ति पार्टी

०४७ वैशाख २३ गते राष्ट्रिय जनमुक्ति मोर्चाको नामबाट यो पार्टीको जन्म भएको हो । राष्ट्रिय जनमुक्ति मोर्चाका नामबाट पार्टीले ०४८ सालको संसदीय चुनावमा मान्छे चुनाव चिन्ह लिएर सहभागी भयो । ०४८ माघ ६ गते राष्ट्रिय जन पार्टीसँग एकीकरण भएपछि राष्ट्रिय जनमुक्ति पार्टीको नामकरण भएको हो । यसपछि ०५१ सालको मध्यावधी चुनाव, ०५६ को संसदीय चुनाव र ०६४ को संविधान सभाको चुनावमा घर चुनाव चिन्ह लिएर पार्टीले भाग लिई सकेको छ ।

०७० सालको दोस्रो संविधानसभा चुनावमा पनि घर चुनाव चिन्ह्बाट चुनाव लडेको जनमुक्ति पार्टीले प्रत्यक्षमा एक सिट पनि जितेन । समानुपातिकमा भने २ सिट जित्न सफल भयो । समानुपातिकमा यो पार्टीले ०.६७ प्रतिशत मत ल्याएको छ । स्थानीय तह चुनाव ०७४ मा यो पार्टीले एक तहमा पनि जितेको छैन ।

जनमुक्ति विचारधारालाई मार्गदर्शक सिद्दान्तको रुपमा आत्मसात गर्दै बहुजातीय लोकतान्त्रिक समाजवाद स्थापनाको लागि निरन्तर अग्रसर राष्ट्रिय जनमुक्ति पार्टी सामुहिक नेतृत्व र कार्यकर्तामा आधारित संगठन प्रणाली अनुसार संचालित रहेको छ । आदिवासी, जनजाति, दलित एवं उत्पीडित समुदायको मुक्तिको लागि नेपालमा संघीय व्यवस्था हुनुपर्छ भनेर आवाज उठाउने नेपालको पहिलो पार्टी राष्ट्रिय जनमुक्ति नै हो भन्ने यस पार्टीको दावी रहेको छ ।

अध्यक्ष : केपी (खड्ग प्रसाद) पालुङ्वा लिम्बू

मुख्यालय : धोविघाट, नेपाल

थप राजनीतिक दल