राजनीतिक दल
राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाको स्थापना वि.सं ०५२ सालमा भएको हो । यसअघि बि.सं ०५१ सालको चुनावमा अखिल नेपाल राष्ट्रिय जनमोर्चाको नामबाट यस पार्टीले चुनावमा भाग लिएको थियो । देशमा सामन्ती व्यवस्थाको अन्त्य, साम्राज्यवादी र विस्तारवादी शक्तिबाट मुलुकलाई मुक्त गरी वास्तविक जनतन्त्रको स्थापना गर्नु यस पार्टीको उद्देश्य हो ।

०६४ सालको संविधानसभा चुनावमा राष्ट्रिय जनमोर्चाले प्रत्यक्षबाट एक र समानुपातिकबाट ३ सिट जितेको थियो । यो चुनावमा राष्ट्रिय जनमोर्चाले १ लाख ६ हजार २ सय २४ मत प्राप्त गरेको थियो । यो कुल खसेको मतको ०.९९ प्रतिशत हो । ०७० सालको दोस्रो संविधानसभा चुनावमा जनमोर्चाले प्रत्यक्षमा एक सिट पनि जितेन । समानुपातिकमा ३ सिट जित्यो र संविधानसभामा प्रतिनिधित्व गर्यो ।

प्रत्यक्षमा ०.७४ र समानुपातिकमा ०.९८ प्रतिशत मत जनमोर्चाले ल्याएको छ । स्थानीय तह चुनावमा दुई तहमा मात्रै जनमोर्चा विजयी भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा जनमोर्चाले वाम गठबन्धनसँग तालमेल गरेको छ । राष्ट्रिय जनमोर्चा संघीयताको बिपक्षमा उभिंदै आएको पार्टी हो ।

अध्यक्ष : चित्रबहादुर केसी

मुख्यालय : कपन, काठमाडौं

थप राजनीतिक दल