राजनीतिक दल
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) राष्ट्रियता, प्रजातन्त्र, उदारवाद

राष्ट्रिय प्रजातन्त्र पार्टी टुटुफुटको लामो श्रृँखला झेलेको पार्टी हो । फुट्दै र जुट्दै आएको राप्रपा ०७३ मंसिरमा राप्रपा नेपालसँग एकीकरण भयो । एकीकरण लामो समय टिक्न सकेन ।

०७४ साउनमा पार्टी नेतृत्वप्रति असन्तुष्ट हुँदै नेता पशुपति शमशेर राणाले राप्रपा प्रजातान्त्रिक पार्टीको गठन गर्नुभयो । प्रजातान्त्रिक एवं मानवअधिकारयुक्त समतामूलक समाजको स्थापना, बहुलवादी, गणतन्त्रात्मक, लोकतान्त्रिक शासन व्यवस्था, स्वतन्त्र न्यायपालिका तथा प्रजातन्त्रका मूल्य मान्यतालाई सुदृढ बनाउँदै सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, स्वाधीन, एवं अखण्ड नेपाल अविच्छिन्न कायम राख्नु यस पार्टीको उद्देश्य हो । खुल्ला अर्थव्यवस्था मान्ने राप्रपा समावेशी प्रजातान्त्रिक व्यवस्थाको पक्षमा रहेको पार्टी हो ।

अध्यक्ष : पशुपति शमशेर राणा

मुख्यालय : चावहिल, काठमाडौं

आदर्श: राष्ट्रियता, प्रजातन्त्र, उदारवाद

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को घोषणापत्र :

 

थप राजनीतिक दल