राजनीतिक दल
संघीय समाजवादी फोरम, नेपाल

२०५४ सालमा गैरसरकारी संस्थाका रुपमा मधेशी जनअधिकार फोरमको स्थापना भएको हो । उपेन्द्र यादवको नेतृत्वमा विराटनगरमा भएको विभिन्न क्षेत्रका व्यक्तिहरुको भेलाले नेपालमा सामाजिक, आर्थिक र राजनीतिक समस्या मुख्य समस्याको रहेको भन्दै सचेतनामूलक कार्यक्रम गर्नुपर्ने निष्कर्ष निकाल्यो । यही भेलाले उपेन्द्र यादवको नेतृत्वमा मधेसी जनअधिकार फोरम नेपालको स्थापना भएको थियो । 

फोरमको २०६० सालमा विराटनगरमा भएको पहिलो महाधिवेशनले नेपालमा राजतन्त्रको विरोधमा आन्दोलन गर्ने निर्णय गर्‍यो । २०६२ साल चैतमा सुरु भएको आन्दोलनको सफलतापछि २०६३ साल माघ २ गते मधेश आन्दोलनको सुरुवात भयो । आन्दोलनले उठाएका ८ वटामध्ये मधेश स्वायत्व राज्यको माग सहित तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसँग ०६४ साल फागुन १६ गते ८ बुँदे सहमति भयो ।

मधेस आन्दोलनको मुख्य उपलब्धी भनेकै अन्तरिम संविधानमा संघीयता भन्ने शब्दले प्रवेश पायो । २०६४ सालको संविधानसभा चुनावमा फोरमले दलका रुपमा भाग लिई प्रत्यक्षतर्फ ३० र समानुपातिकतर्फ २२ गरी जम्मा ५२ सिट जितेर संविधानसभाको चौथो ठूलो दल बन्यो । तर यो पार्टी लामो समयसम्म चौथो ठूलो शक्तिको रुपमा टिक्न सकेन । २०६६ सालमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा विवाद चर्किंदै जाँदा पार्टी फुटेर फोरमका अर्का नेता विजयकुमार गच्छदारको नेतृत्वमा फोरम लोकतान्त्रिक पार्टी बन्यो ।

सरकारमा सहभागिताको विषयले फोरमलाई धेरैपटक फुटको संघारमा पुर्‍यायो । २०७० सालमा भएको संविधानसभा चुनावमा फोरमले १० तहमा मात्रै जित्यो । प्रत्यक्षमा २.२८ र समानुपातिकमा २.२६ प्रतिशत मत ल्याएको फोरम दोस्रो संविधानसभा चुनावबाट सातौ पार्टी भयो । 

०७२ सालमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी र युवराज कार्की नेतृत्वको खस समावेशी पार्टी बीचको एकीकरण भयो र एकतापछि  पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखिएको छ ।

स्थानीय तह चुनावमा संघीय समाजवादी फोरमले ३० तहमा जितेको छ । 

व्यक्तिका आधारभूत आवश्यकता पूरा गर्ने, लैंगिक समानता कायम गर्ने,  स्वतन्त्रता, राष्ट्रियता र सामाजिक न्याय प्राप्त गर्ने मधेसी जनअधिकार फोरम नेपालको मुख्य उद्देश्य रहेको छ । 

अध्यक्ष  : उपेन्द्र यादव

मुख्यालय : बालकुमारी, ललितपुर

संघीय समाजवादी फोरम, नेपालको घोषणापत्र:

 

थप राजनीतिक दल