राजनीतिक दल
राष्ट्रिय जनता पार्टी नेपाल

महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक मिलेर बनेको पार्टी राष्ट्रिय जनता पार्टी हो ।

०७४ बैशाखमा तराई केन्द्रित पाँच दल मिलेर बनेको राजपाले तराईको सबैभन्दा ठूलो पार्टी बन्ने लक्ष्य लिएको छ । राजपामा २४ जना संविधानसभा सदस्य रहेका थिए । संविधान निर्माणदेखि असन्तुष्ट रहेका मधेशी दलले स्थानीय तह पहिलो र दोस्रो चरण चुनाव बहिष्कार गर्‍यो । २ नम्बर प्रदेशमा भएको तेस्रो चरण चुनावमा भाग लिएको राजपा २५ स्थानीय तहमा विजयी भएको छ ।

मधेश केन्द्रित राजनीति गर्दै आएका दलले आफ्नो संगठनलाई देशभर बिस्तार गर्ने बताएका छन् । मधेश र मधेशी नागरिकका मुद्दा नै पार्टीको पहिलो प्राथमिकतामा हुने राजपाले जनाएको छ । राजपामा पाँच सदस्यीय अध्यक्ष मण्डल रहेको छ ।

अध्यक्ष मण्डल

संयोजक : महन्थ ठाकुर

मुख्यालय : बबरमहल, काठमाडौं

फेसबुक पेज : https://www.facebook.com/rjpnepalofficial/

थप राजनीतिक दल