राजनीतिक दल
विवेकशील साझा पार्टी

नेपालमा नयाँ वैकल्पिक शक्तिको आवश्यकता रहेको ठहर गर्दै यो पार्टी गठन भएको हो । समाजसेवी तथा वरिष्ठ पत्रकार रवीन्द्र मिश्रको साझा पार्टी र उज्वल थापा नेतृत्वको विवेकशील साझा पार्टी ०७४ साल साउनमा एक भएर विवेकशील साझा पार्टीको गठन भयो । स्थानीय चुनावमा काठमाडौं मेयरका लागि विवेकशीलबाट उम्मेदवार रञ्जु दर्शना र साझा पार्टीका उम्मेदवार किशोर थापाको धेरै चर्चा भयो । चुनावमा दुवै उम्मेदवारले सम्मानजनक मत पनि पाए । एकीकृत पार्टीको सहसंयोजकमा रवीन्द्र मिश्र र उज्वल थापा रहेका छन् । तर वैठकको अध्यक्षता भने रवीन्द्र मिश्रले गर्ने पार्टीले जनाएको छ ।

सह-संयोजक : रवीन्द्र मिश्र र उज्वल थापा

मुख्यालय : ललितपुर

वेभ साइट : https://bibeksheelsajha.org/

विवेकशील साझा पार्टीको घोषणापत्र :

थप राजनीतिक दल